धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – मलेसियामा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको छ ।
मलेसियाको एक मलमा १० जना सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको र जसमध्ये ९ जना नेपाली सुरक्षा गार्ड रहेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै मलेसियाका स्थानीय सञ्चारमाध्य द स्टारले लेखेका छ ।
मलेसियाका स्वास्थ्य निर्देशक दातुक डिआर नुर हिसहम अब्दुल्लाहले मलमा कोरोना सङ्क्रमणबारे अझै अनुसन्धान हुने र सङ्क्रमित श्रमिकको सम्पर्कमा रहेकाको पनि परीक्षण हुने बताउनुभएको छ ।
उहाँका अनुसार सङ्क्रमित नेपालीहरु सँगै बस्ने गरेका थिए । सुरक्षा गार्ड मात्र नभएर मलमा काम गर्ने अरु श्रमिकको पनि कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।
योसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको संख्या १९ पुगेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार यसअघि ९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो, जसमध्ये तीन जना निको भएका छन्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।