च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ - जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवता विरुद्धको अपराधमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल महतोले कोरोना सङ्क्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवता विरुद्धको अपरामा लागेको आरोप लगाउनुभयो । महामारीका समयमा जनताको जीवनरक्षाका लागि सारा उर्जा लगाउनुपर्नेमा सरकार पद बचाउनका लागि रातरात अध्यादेश ल्याउन र दल विभाजनका तर्फ लागेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताको जीवनरक्षा कता हो कता, जनताले राहत र उपचार पाउनु त कता हो कता यहाँ त मावता विरुद्धको अपराध गर्न सरकार लागेको छ । पद पाउन र पद बचाउनका लागि अध्यादेश रातरात अध्यादेश ल्याइरहेको छ । पार्टी विभाजनका लागि लागेको छ । यो महामारीको बेलामा जनता जोगाउनुपर्ने सारा उर्जा त्यसमा लगाउनुपर्नेमा सरकार के गरिरहेको छ । के हो यो ?’
महामारीबाट पीडित जनताले उपचार र खाना नभएको उल्लेख गर्दै महतोले सरकार लोकतन्त्रलाई कमजोर पार्न र सांसद अपहरणको धन्दामा लागेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘रातरात ल्याइएको अध्यादेशले पार्टीलाई बलिायो बनाउँछ ? लोकतन्त्रलाई बलिायो बनाउँछ ? जनता महामारीबाट पीडित छन् । खाना पाएको छैन । उपचार पाएको छैन् । स्वास्थकर्मीले सुरक्षा उपकरण पाएका छैनन् । यहाँ त अर्कै धन्दा भइरहेको छ । सरकार अर्को धन्दामा लागेको छ । पार्टी फोड्ने, सांसद चोर्ने यो धन्दाले जनताको पीडा कम हुन्छ ? सांसद अपहरण गर्ने डराउने ?’
जनताले आफ्नो जीनको रक्षा गर्न र समस्याबाट राहत पाउनका लागि दुई तिहाइ दिए पनि सरकारले नबुझेको उहाँले बताउनुभयो । नेता महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम समेत गर्न नसकेको उहाँको भनाई छ ।
उहाले भन्नुभयो, ‘दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेको छैन । जनता पीडामा रहेको बेला काम नगरेपछि के भन्ने ?’
सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको पनि उहाँले बताउनुभएको छ । एक सयजना सङ्क्रमित छन् भनेर सरकार ढुक्कसँग भनिरहेको भन्दै उहाँले ‘सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कति जाँच गर्यौ र अनि कोरोना छैन’, भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।