म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा विभिन्न दल र नेताले विरोध गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ‘भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्वीकार गरेको भुमिमा सडक बनाएरउद्घाटन गरेको’ प्रति आपत्ति जनाउनुभएको छ ।
भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु।हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।
— NKShresthaPrakash (@nksthaprakash) May 9, 2020
उहाँले कोरोनाविरुद्ध लडिरहेको अवस्थामा गरिएको यो ‘अतिक्रमण’ विरुद्ध तत्काल कदम चाल्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । यसबारेमा सत्तारुढ नेकपाको आधिकारिक धारणा भने आइसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।