भारतले लिपुलेकमा बनाएको सडकबारे कुटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री भट्टराईको माग

 वैशाख २७, २०७७ शनिबार १३:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विरोध गर्नुभएको छ ।

डाक्टर भट्टराईले सामाजिक संजाल ट्विटरमा कालापानी र सुस्ता क्षेत्रबारे सीमा वार्तामा दुबै पक्षले टुंग्याउन बाँकी भनेर मान्दै आएको अवस्थामा भारतले एकपक्षीय रूपमा सडक निर्माण गर्नु गलत भएको बताउनुभएको हो।

नेपालमा सञ्चारमाध्यममा समाचार आएपछि वा चुनावको बेला मात्र तात्ने र अरू बेला कानमा तेल हालेर सुत्ने प्रचलन रहेको भन्दै डाक्टर भट्टराईले घटनाबारे तुरून्त कुटनीतिक तहमा हल गर्न माग गर्नुभएको छ ।

 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sunil kshetri

    May 9, 2020, 5:39 p.m.

    देशमा दलाल नै दलाल छ / यस्तै नेता भएकोले देश नै डुबायो / जताततै समस्या नै समस्या ...आखिर नेपाल र नेपाली नागरिकले निकास कहिले पाउने ?? यो भ्रष्टाचारी नेता संधै पैसा कमाउने तिर, कुर्सी तान्ने तिर मात्रै लागेका छन् / होइन झ्याप्पै हर्ट एटेक भएर पनि मर्दैनन्....अचम्म !! देशले एउटा राम्रो विश्वाशिलो नेता नपाउँदा देशले गलत मोड लियो ...नागरिकलाई कतैवाट सजिलो छैन / महंगी त्यस्तै छ ...गरिवलाइ त बाँच्नै गाह्रो .....अलि अलि भारतले, अलि अलि चीनले ...अनि हामीले आफूलाई कसरी स्वाभिमानी नेपाली भनेर भन्नु ???

  •  0 Reply

तपाईको प्रतिक्रिया