भारतको साम्राज्यवादी नीतिप्रति सरकारले विरोध नगर्नु आश्चर्यजनक : राष्ट्रिय जनमोर्चा

 वैशाख २७, २०७७ शनिबार १३:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – राष्ट्रिय जनमोर्चा पार्टीले लिम्पियाधुरा हुँदै मानसरोवरसम्म भारतले सडक निर्माण गरेकोमा भर्त्सना गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर यसबारेमा आफ्नो स्थिति स्पष्ट गर्न सरकारसँग माग गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘भारतीय साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीले लगातार रूपमा विरोध गर्दै आएको छ । तर भारतीय साम्राज्यवादको त्यसप्रकारको नीतिप्रति नेपाल सरकारले कुनै विरोध प्रकट गरेको छैन । सरकारको त्यो नीति भारतपरस्त छ ।’

अर्को प्रसङ्गमा राष्ट्रिय जनमोर्चाले एमसीसी पनि इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो भन्ने कुरा स्पष्ट भइसकेकाले एमसीसी अस्वीकार गर्नुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा एमसीसी सम्झौतालाई संसदद्वारा पारित गराउन अमेरिकाले नेपाललाई दबाब दिएको दाबी गर्दै त्यसको पनि विरोध गरिएकाे छ ।

भारतले लिम्पियाधुरा हुँदै मानसराेवरसम्म सडक निर्माण गरेकाेप्रति विभिन्न पार्टीले भर्त्सना गर्दै सरकारसँग तुरुन्त धारणा मागेका छन् ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया