म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ ।
लिपुुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेकोमा नेपालले आपत्ति जनाएको केही घन्टामै भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको दाबी गरेको हो । यो भूमि उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उसको दावी छ । कैलाश मानसरोवर यात्रामा तिर्थालु हिँड्ने रुटमा नै सडक बनाएको भारतले जनाएको छ ।
सीमामा भएका समस्या समाधानको लागि नेपाल र भारतले विभिन्न संयन्त्र बनाएको र तिनै संयन्त्रमार्फत विवादको समाधान निकाल्न सकिने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । दुई देशले विदेश सचिवस्तरीय वार्ताको तयारी भएको र कोरोनाको महामारीपछि छलफल गरिने विज्ञप्तीमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Awadhesh Thapa
May 10, 2020, 2:30 p.m.नेपाल छलफल मात्र गर्छ।तर इंडिया ले त्यसलाई कुरा न गरी सिधै कार्य गर्छ। त्यसै गरी नेपाल पनि सिधै त्यसको जवाब कार्यवाही गरेर अगाडि बढ्नु पर्छ ।।कडा कदम उठाउदै न नेपाल ।।
प्रेम खड्का
May 10, 2020, 11:42 a.m.हाम्रा देशका नेतालाइ आफ्नो देश को सीमा कहाँ सम्म पर्छ त्यो त थाहा छैन।अरु के भनु मन दुखेर आउँछ।
Baliram Bc
May 10, 2020, 2:52 a.m.यो भारत ले पटक पटक नेपाल लाई hepne गरेको छ हामी सुगौली सन्धि सम्झौता बमोजिम काम गर्दा गर्दै पनि किन यस्तो गरेको छ तत्काल सरकार लाई कडा निर्णय लिन जरुरी छ नत्र अब जनता रोडमा आउन बाध्य हुने छन्
Aditya Mundhara
May 10, 2020, 10:56 a.m.रोडमा हामीलाई छाडेकई हो सरकारले। मंत्रिज्युले हवाई सफर गर्छ, भत्ता लिन्छ। हामी बिद्रोह गर्यो भने लाठी चार्ज, आंसू गैस छरिन्छ। नेता ले शांत गर्न पैसा पौंछ। हामी आफ्नो नौकरी मा लाग्ने छौ।
ANIL BAHADHU BUDHA
May 10, 2020, 12:26 a.m.यो कुरा मा नेपाल सरकारले आफ्नो भुमिको बारे नेपाली जन्तामा नेपाल को भुमी काँहा सम्म नेपाल हो भनी सम्झौता गर्नु पर्छ यो गरि भने नेपाली भएको कुनै अथ हुने छैन