म्याग्दीमा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिश गर्ने व्यवस्था
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएको विषय संसदमा उठाउने भएको छ ।
नेपालको भूभाग एक इन्च पनि अतिक्रमण हुन नदिन बताउँदै आएको बर्तमान सरकारले भारत र चीनसँग कुटनीतिक पहल गरी टुंगोमा पु¥याउन दबाब दिनका लागि कांग्रेसले यो विषयलाई संसदको विषय बनाउने भएको हो ।
आइतबार बिहान नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयमा कांग्रेसले आइतबारकै संसद बैठकमा कुरा उठाउने बताउनुभयो ।
उहाँले भारतले नेपालको भूमि लिपूलेक हुँदै चीन तिब्बतमा रहेको मानसरोवर जानेगरी सडक निर्माण गरेको विषयमा कूटनीतिक पहल अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी त यसबारे सदनमा नै कुरा उठाउछौँ । यसको बारेमा सरकार अलि संवेदनशील हुनु पर्यो । यो चानचुने कुरा होइन । हाम्रो भूभाग अरु कसैले हस्तक्षेप गर्छ भने त त्यो हामीलाई स्वीकार्य हुँदैन ।’
यो विषयमा भारतसँग मात्रै नभइ चीनसँग समेत कुरा गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अत्यन्त संवेदनशील विषय हो । हामीले आफ्नो क्षेत्रलाई अरुको हातमा दिन मिल्दैन । एक इन्च पनि हामीले जग्गा अरुलाई दिन मिल्दैन । तसर्थ यो लिपुलेकको बारेमा म सरकारलाई त्यहि भन्न चाहन्छु कि वहाँहरुले चीन र भारतसँग कुरा गरेर यसलाई छिटो भन्दा छिटो स्थगन गर्न लाग्नु पर्यो ।’
शुक्रबार भारतले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि सीमा विवाद फेरि बहसको विषय बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।