साउदीको जेद्दा क्षेत्रमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो

 वैशाख २८, २०७७ आइतबार १९:५६:३६ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका सङ्क्रमणबाट एक नेपालीको ज्यान गएको छ । जेद्दा क्षेत्रमा अहिलेसम्म ४५ जना नेपालीमा कोरोना सङ्क्रमण भएको १० जना निको भएको र एक जनाको ज्यान गएको जेद्दामा रहको महावाणिज्य दूतावासले जनाएको छ ।

बाँकी ४३ जनाको उपचार भइरहेको छ । कोरोनाको कारण ज्यान गुमाउने नेपालीको परिवारप्रति दुःख व्यक्त गर्दै महावाणिज्य दूतावासले सबै नेपालीलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सतर्कता अपनाउन र समस्या परे सम्पर्क गर्न अनुरोध गरको छ ।

साउदीमा दूतावासको जानकारीमा आएअनुसार ५० जना नेपालीमा सङ्क्रमण देखिएको छ । जसमध्ये १५ जना निको भएका छन् । साउदीमा अहिलेसम्म ३९ हजार ०४८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यसमध्ये ११ हजार ५४७ जना निको भएका छन् भने २७ हजार ३४५ जनाको अस्पतालमा उपचार भइरहेको छ । २४६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया