काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । यो प्रणाली कमजोर भएकाले मौसम खुल्दै गएको छ ।
तर दिउँसोपछि स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् प्रधानाङगको भनाई छ । आज पहाडका धेरै र तराईका थोरै ठाउँमा पानी पर्ने पनि उहाँले जानकारी दिनुभयो ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले अहिले पनि उच्च वायुमण्डलको तापक्रम, हावाको गति दिशा, चाप, सापेक्षित आद्रताबारे जानकारी लिन बेलुन उडाइरहेको छ । रेडिएसन जडान गरेर उडाइने यो बेलुनले मौसम पुर्वानुमान गर्न सहज हुने मौसमविद्को भनाई छ ।
यसलाई निरन्तरता दिन सके मौसम पूर्वानुमानमा अझै विश्वस्त हुन सकिने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । प्रविधि अभावका कारण नेपालमा नाउकास्ट अर्थात अहिलेको मौसमी अवस्थाबारे जानकारी दिन कठिन रहेको अवस्थामा देशका अरु ठाउँबाट पनि रेडिएसन जडित बेलुन उडाउन सके नाउकास्ट गर्न सहज हुने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।