खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - विश्वभर १५ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् ।
दुई सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा गरी ४१ लाख ९६ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा १५ लाख दुई सय ६९ जना निको भएको वल्डोमिटरले जनाएको छ ।
वल्डोमिटरका अनुसार अहिले २४ लाख ११ हजारभन्दा धेरैले उपचार गराइरहेकोमा दुई प्रतिशत अर्थात् ४७ हजार जनाको अवस्था जटिल रहेको र बाँकी साढे २३ लाखभन्दा धेरैको अवस्था सामान्य छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर अहिलेसम्म दुई लाख ८४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यसैबीच रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । आजमात्रै साढे ११ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएसँगै रुस बेलायत र इटालीको भन्दा पनि धेरै सङ्क्रमित हुने देश बनेको छ ।
रुसमा अहिलेसम्म दुई लाख २१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । आज मात्रै ९४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १३ लाख ६७ हजार नौ सय ६३ जनामा कोरोना पुष्टि भएको छ भने ८० हजार सात सय ८७ जनाको ज्यान गएको छ ।
भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार दुई सय नाघेको छ । ६७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा दुई हजार दुई सयभन्दा धेरैको ज्यान गएको हो ।
यसैबीच भारतले भोलिदेखि रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । लकडाउनकाो कारण झण्डै ५० दिन रोकिएको रेल सेवा भोलिदेखि फेरि सुरु हुन लागेको हो । सुरुमा १५ वटा मात्रै रेल चलाउने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।