३० जना नागरिक लिन काठमाण्डौ आयो पाकिस्तानी जहाज

 वैशाख ३०, २०७७ मंगलबार ९:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा रहेका नागरिक लैजान पाकिस्तानको पाकिस्तान इन्टनेश्नल एअरलाइन्स पीआईए जहाज काठमाण्डौ आएको छ ।

पाकिस्तान सरकारले नेपालमा रहेका नागरिक लैजान कराँचीबाट जहाज पठाएको हो । कराँची जानको लागि ३० जना यात्रुको नाम प्राप्त भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

कोरोनाको जोखिमका कारण विभिन्न देशले नेपालबाट नागरिक उद्दार गरिरहेका छन् । सार्क देशका श्रीलंका, माल्दिभ्स, भुटानले पनि यसअघि नैआफ्ना नागरिक स्वदेश लगिसेका छन् ।

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Dil kumar taman

    May 13, 2020, 12:01 a.m.

    नेपाल सरकारले चाहिं के हेरिरहेको छ हामी कतारमा भएका नागरिकको लागि ...हामी यहाँ बिना तलव बसेको २ महिना बितिसकेको छ / कहिले एयरपोर्ट खुल्छ र घर जान भनेर पर्खिरहेका छौं /अरुको देशले जाबो ३० जना लिन प्लेन पठाउँछ ..नेपाल सरकारलाई भने आफ्नो नागरिकको कुनै चिन्ता छैन /

  •  0 Reply
  • Lalit Thapa Magar

    May 12, 2020, 10:29 p.m.

    सबै देशले आ आफ्नो नागरिक स्वदेश फिर्ता गरिरहेको बेला हाम्रो नेपाल सरकारले के हेरेर बसिरहेको छ? सबै देशका सरकार यति बेला कोरोना बाट आफ्ना नागरिक लाई कसरि बचाउन सकिन्छ भनेर कोरोना बिरुद्ध लडाई लडिरहेछ तर हाम्रा देशका नेताहरु (राजनितिज्ञहरु) राजनितिक दलहरु बिच नै राजनितिक खिचातानी गरिरहेछन्। अरु देशका नेतालाई नागरिकको चिन्ता छ तर हाम्रो देशका नेताहरुलाई आफ्नो पद र पैसा कसरी कमाउने भन्ने चिन्ता मात्र छ।आखिर कहिलेसम्म यसरी राजनितिक खेल खेल्छौ?

  •  0 Reply
  • khem raj bhatt

    May 12, 2020, 2:53 p.m.

    नेपाल के गर्दैछ ? किन आफ्नो मान्छेको वेवास्ता गरेको हो ??

  •  0 Reply

तपाईको प्रतिक्रिया