सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ : कांग्रेस नेता खाँड

 वैशाख ३०, २०७७ मंगलबार १६:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुनुपर्ने बताउनुभएकाे छ । 

विश्व कोरोनासँग लडिरहेका बेला देशलाई कसरी चलाउने, जनताको जीवन रक्षा कसरी गर्ने भन्ने विषयमा जनप्रतिनिधिले राय दिइरहेका बेला प्रधानमन्त्रीको उपस्थिति संसदमा हुनुपर्ने उहाँले बताउनुभयो । 

अहिले आम नागरिकको धारणा, चिकित्सकहरुको धारणा र श्रमिकहरुको अवस्थाका विषयमा संसदमा प्रतिनिधिहरुले कुरा उठाइरहेका बेला प्रधानमन्त्री उपस्थित भए राम्रो हुने धारणा उहाँले राख्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था, आम नागरिक, चिकित्सकहरुको धारणा, श्रमिकहरुको अवस्था कस्तो छ ? भनेर जनप्रतिनिधिले आफ्नो धारणा राखिरहेका बेलामा प्रधानमन्त्री उपस्थित हुनुभयो भने राम्रो हुन्थ्यो ।’

कोरोना नियन्त्रणका लागि अग्रपङ्तिमा खटिएका चिकित्सक, सुरक्षाकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि सरकारलाई गम्भीर बन्न पनि उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले छलफलका क्रममा अर्थ मन्त्रीको अनिवार्य अपस्थितिको माग गर्नुभएको छ । लिङ्देनले प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थ मन्त्री उपस्थिति नभए कर्मकाण्डी मात्रै हुने बताउनुभयो । 

सांसद लिङ्देनले सरकारले समाजवाद उन्मुख आर्थिक कार्यक्रमको कुरा गरे पनि रोजगारी सिर्जना गर्ने उद्योग निर्माणतर्फ ध्यान जान नसकेको बताउनुभयो ।सांसद लिङ्देनले गाउँगाउँमा उद्योगधन्दा सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएर त्यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया