आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राच...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका स्थायी स्थायी कमिटी सदस्य भीम रावलले भने बाहिर हल्ला गरिएजस्तो आफ्ना सुरक्षा गार्डलाई कोरोना लागेर मात्रै बैठक स्थगित नभएको जनाउनुभएको छ ।
उज्यालोसँगको कुराकानीमा रावलले आफ्ना सुरक्षा गार्ड १ महिनाअघि बिदा लिएर घर गएकोले सम्पर्कमा नरहेको बताउनुभयो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकले बैठक बस्ने स्थल धुम्बाराहीको निरीक्षण गरेपछि बैठक बस्ने ठाउँ अयोग्य रहेको देखाएको रावलको दावी छ ।
बालुवाटारमा बैठक बस्ने तयारी भएपनि प्रधानमन्त्रीको सचिवालय सबै स्थायी कमिटीका सदस्यको पीसीआर जाँचपछि मात्रै बैठक बस्न सकिने निष्कर्षमा पुगेकाले बैठक स्थगित भएको उहाँले बताउनुभयो ।
आफूसँग लामो समयदेखि सम्पर्कमा नरहेको गार्डकै कारण बैठक सर्यो भनेर नियोजित हल्ला चलाइएको उहाँको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।