आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राच...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाक्नुभएको छ । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई आज दिउँसो साढे ४ बजे बालुवाटार बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।
बैठकमा भारतले नेपाली भूमि लिपुलेक हुँदै बाटो बनाएपछि भारतसँग कसरी कुरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले राय लिनुहुनेछ । पटक पटक कुटनीतिक नोट र वार्ताको लागि पत्र पठाउँदा पनि भारतले नटेरेपछि के गर्ने भन्नेबारेमा उहाँले सत्ता पक्ष र विपक्षी दलका नेताहरुको धारणा लिनुहुनेछ ।
यस्तै कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा अब चालिने कदमबारे पनि बैठकमा छलफल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sunil chaudhari
May 14, 2020, 2 p.m.कति बैठक मात्र बस्ने हो र अब पनि ?? सबैलाई थाहा नै छ भारतले सीमा मिचेको भन्ने कुरा , होइन र ? अझै पनि बैठक नै बस्दै गर्नु ? कहिलेकाही त मुलुकको हितमा पनि सोच्नु न /