सर्वदलीय बैठककाे निष्कर्ष : सीमा विवाद अन्त्य गर्न तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्छ

 वैशाख ३१, २०७७ बुधबार २०:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विपक्षी दलका नेताहरुले सीमा विवाद अन्त्य गर्न सरकारले तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरुले सीमा सुरक्षाका लागि सरकारले पहिले भारतसँग र त्यसपछि भारत र चीन दुवैसँग संयुक्त वार्ता गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधानका लागि कुटनीतिक र राजनैतिक रुपमा उच्चस्तरमा पहल गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने भन्दै उहाँले तत्काल उच्चस्तरबाट पहल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले वक्तव्यबाजी मात्रै नगर्न आग्रह गर्दै तत्काल पहल थाल्नुपर्ने बताउनुभयो ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले सीमा विवादबारे बाहिर हल्ला गर्ने भित्र केही पनि नगर्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका सम्बन्धमा सरकारले नागरिकलाई गुमराहमा राखेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सीमा विवादबारे छलफल गर्न सबै दलका नेता र पूर्वप्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा बोलाउनुभएको थियो । 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया