नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – पाकिस्तानी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट टिमका कप्तान बाबर आजमलाई राष्ट्रिय एकदिवसीय क्रिकेट टिमकाे कप्तान चुनेकाे छ । पाकिस्तानी क्रिकेट बाेर्डले बुधबार एक बयान प्रकाशित गर्दै यसबारेमा जानकारी दिएकाे हाे ।
पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका आजमलाई पाकिस्तान क्रिकेट टिमले एकदिवसीय क्रिकेट टिमको कप्तान चयन गरेको हो । गएको वर्षमात्र बाबरलाफ टी-२० टिमको कप्तान चुनिएको थियो । यसअघिका कप्तान सरफराज अहमदलाई हटाइएपछि आजमलाई एकदिवसीयको नेतृत्व दिइएको हो । यतिमात्र होइन सरफराज बोर्डको केन्द्रीय सम्झौताको सूचीबाट पनि हटाइएका छन् ।
टेस्ट क्रिकेटमा भने अजहर अलीले नै कप्तानी गर्ने भएका छन । कोरोनापछि सुरु हुने क्रिकेट प्रतियोगिताहरुमा आजमले पाकिस्तानको कप्तानी गर्ने भएका छन् ।
आजम पाकिस्तानका लागि एकदिवसीय र टी–२० मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर अब उनको जिम्मेवारी झन् थपिने भएको छ । मुख्य प्रशिक्षक मिसवाह उल हकले पाकिस्तानलाई बलियो र युवा खेलाडीलाई मौका दिने हिसाबले नयाँ कप्तान बनाएको बताएका छन् ।
कोरोनाकाे कारण क्रिकेट कहिले सुरु हुने भन्ने यकिन नभए पनि पाकिस्तानले आगामी दिनमा राम्रो प्रदर्शन गर्ने विश्वास गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।