सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्याक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।पीसीआर पीपीई, मास्क (मुखावरण), थरमल गनलगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिले आइसोलेशन बेड, भेन्टिलेटरको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिने कुरामा जोड दिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताउनुभयो ।
सर्वसाधारणहरुलाई सर्वसुलभ रुपमा मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ । परीक्षणको दायरा तीव्र पार्दै प्रदेश र पालिकालाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।
समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वरेण्टीन र आइसोलेशनसहित आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र विदेशमै बस्न चाहानेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि निर्देशन दिएको छ ।
यस्तै लकडाउनकाे कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकहरुको पनि तथ्याङ्क सङ्कलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।