विश्वभरमा १७ लाखभन्दा धेरै कोरोनाका बिरामी निको

 जेठ २, २०७७ शुक्रबार ६:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वका विभिन्न देशमा गरी १७ लाख भन्दा धेरै कोरोनाका बिरामी निको भएका छन् ।

विश्वका विभिन्न देशमा गरी ४५ लाख २० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख १ सय ७४ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।

वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका २५ लाख १६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल रहेको र बाँकी २४ लाख ७१ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ ।

३ लाख ३ हजार जनाको भने ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा साढे १४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा साढे ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा झण्डै ४ हजार नयाँ बिरामी थपिएसँगै भारतमा झण्डै ८२ हजारमा कोरोना पुष्टि भएको छ । साढे २ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया