आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राच...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल भएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि आज बैठक बसेको थियो । बैठकमा सदस्यहरुले सरकारले ल्याउने नीति कार्यक्रमका बारेमा महत्वपूर्ण सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यद्यपि के सुझाव दिए भन्ने उहाँले केही खुलाउनु भएन ।
सचिवालयमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी पनि भएको छ । यसअघि दुई पटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाउने विषयमा नीति तथा कार्यक्रमपछि अध्यक्षद्वय र सचिवालय बैठकमा छलफल भएपछि बैठकका विषयमा टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको सचिवालयको बैठकमा पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझावहरु छन् भने अझै पनि दिनकाे लागि सचिवालय बैठकलाई अनुरोध गर्नुभयो र त्यसका बारेमा केही विषयहरुमा महत्वपूर्ण सुझावहरु पनि सचिवालयको तर्फबाट दिने काम भएको छ । पार्टीको स्थायी कमिटी बैठकका बारेमा आज कुनै टुङ्गो भएको छैन । नीति तथा कार्यक्रमपछि त्यसबारेमा नेतृत्वबीचमा र सचिवालयको बैठकमा छलफल होला ।’
नेकपा स्थायी कमिटी बैठक यसअघि दुई पटक बोलाएर स्थगित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।