एनएसएलको तालिका सार्वजनिक : उद्घाटन खेलमा ललितपुर र काठमाण्ड...
चैत २, २०८१ शनिबार
काठमाण्डाै – सरकारले कृषि उत्पादनका लागि दिइने अनुदानमा केही रणनीति परिवर्तन गर्ने भएको छ । यसअघि रकम अनुदान दिँदै आएको सरकारले अब उत्पादन सामग्रीमा अनुदान उपलब्ध गराउने भएको हो ।
उत्पादन सामग्रीमा अनुदान दिएमा वास्तविक किसानले राहत पाउने भएकोले यस्तो रणनीति अपनाइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो । यस्तै वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रम ल्याइने भएको छ ।
कृषि सामग्रीको सङ्कलन केन्द्र र बिक्री केन्द्रसमेत खडा गरी कृषकको उत्पादनको बजार सुनिश्चित गरिने भएको छ । यस्तै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने भएको छ ।
बजारीकरणमा सुधार गरी आवश्यकता अनुसार अरु पूर्वाधार पनि विस्तार गरिने भएको छ । यस्तै सरकारले नस्ल सुधार र पोषणयुक्त पशुपालनमा विशेष व्यवस्था गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिरहनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।