सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो आर्थिक वर्षको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम आफ्नै प्रचार गर्ने दस्तावेजको रुपमा आएको बताउनुभएको छ ।
प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथि बोल्दै सभापति देउवाले विगत ३ वर्षदेखि सरकारले एउटै प्रकारको नीति तथा कार्यक्रम ल्याएको तर कार्यान्वयन नभएको आरोप लगाउनुभयो । साना तिना कुरालाई पनि नीति तथा कार्यक्रममा सरकारको प्रगतिका रुपमा देखाएर सरकारले नीति तथा कार्यक्रममै महत्व घटाएको उहाँको आरोप छ ।
सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको पनि सभापति देउवाको आरोप छ । कोरोनाको महामारीका बेला औषधी उपकरण खरिदमा पनि अनियमितता गरेर निकृष्ट काम गरेको उहाँले बताउनुभयो ।
अनियमितताकाे छानबिन गर्नुभन्दा पनि प्रधानमन्त्रीले नै संलग्नहरुलाई बचाउ गरेको कांग्रेस सभापति देउवाले आरोप लगाउनुभयो । कैयौं भ्रष्टाचार, बलात्कार, हत्या हिंसाका घटनामा सरकारले पारदर्शी अनुसन्धान गरेर कारबाही नगरेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।