कोरोनाको औषधि छैन, आनीबानी र खानपान बदलौं : प्रधानमन्त्री ओली

 जेठ ६, २०७७ मंगलबार १३:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणको औषधि नभएकाले स्वास्थ्य सहयोग अवलम्बन गरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कोरोना सङ्क्रमणको औषधि नभएकाले स्वास्थ्य उपचारको लागि आवश्यक स्वास्थ्य सहयोग नै अवलम्बन गरेको बताउनुभएको हो ।

उहाँले कोरोनाको औषधि नै नबनेकाले उपचारात्मक विधि, परीक्षण, आइसोलेशन लगायतका कुरामा नै ध्यान दिएको दाबी पनि गर्नुभयो । यस्तै अस्पतालले पनि बाँच्नका लागि प्रतिरोधी क्षमता बढाउने वा स्वस्थ रहनको लागि मद्दत गर्ने, कोरोना फैलिन नपाओस्, अरुमा नसरोस् भन्नको लागि ध्यान दिने गरेको भन्दै आफै सचेत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

यसैगरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै कोरोना सर्ने भएकाले कोरोना पुष्टि भएका विरामीबाट अरुमा सर्न नदिन नै आइसोलेशनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोनाबाट बच्न लकडाउन पूर्ण रुपमा पालना गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान तथा आफ्ना आनीबानी बदल्न उहाँको सुझाव छ ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया