कोरोना भाइरस : विश्वभर ५० लाख सङ्क्रमित, ३ लाख २५ हजारको मृत्यु

 जेठ ७, २०७७ बुधबार १५:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० लाख नाघेको छ । कोरोना भाइरसबारे तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरले कोरोना सङ्क्रमितको संख्या ५० लाख छ सय नाघेको जनाएको हो । 

सङ्क्रमितमध्ये तीन लाख २५ हजार १५६ जनाको ज्यान गएको छ । यस्तै सङ्क्रमितमध्ये १९ लाख ७० हजार ९ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिइसकेको छ ।

कोरोना भाइरसबाट अमेरिकामा मात्रै १५ लाख ७० हजारभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया