खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – मौसमविद्ले बङ्गालको खाडीमा बनेको शक्तिशाली चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव परेको बताएका छन् ।
मौसमविद् सजिना शाक्यका अनुसार अम्पुन नामक शक्तिशाली चक्रवातको प्रभावले विशेष गरी नेपालको पूर्वी क्षेत्रमा केही प्रभाव परेको छ । अहिले पूर्वी क्षेत्रका केही ठाउँमा मौसम बदली भएको छ भने केही ठाउँमा पानी परेको छ ।
चक्रवात र सथानीय वायुको प्रभावले काठमाण्डाैसहित मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परेको मौसमविद् शाक्यले बताउनुभयो ।
मौसमविद्ले अम्पुन नामक चक्रवातको प्रभावकाे कारण पूर्वी र केही मध्य क्षेत्रमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले यो चक्रवातको प्रभाव दुई तीन दिनसम्म देखिने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।