संखुवासभाका पच्चीस पत्रकारको कोरोना बीमा

 जेठ ८, २०७७ बिहीबार ११:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - संखुवासभा जिल्लामा क्रियाशील पच्चीस जना पत्रकारको कोरोना बीमा गरिएको छ ।

नेपाल पत्रकार महासंघ संखुवासभा शाखामा आबद्ध २५ जना पत्रकारहरुको पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले कोरोना बीमा गरिदिनुभएको हो । 

कोरोना सङ्क्रमणको बेला जनताहरुलाई सुसूचित गराउने कार्यमा क्रियाशील रहेकोमा प्रशंसा गर्दै नेपाल पत्रकार महासंघले उपलब्ध गराएको पत्रकारको नामावली सूची अनुसार प्रति पत्रकार एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिएको पूर्वराज्यमन्त्री खड्काले बताउनुभयो ।

बीमा गरिएका २५ जना पत्रकारहरु जिल्लाका ८ वटा रेडियो, अनलाइन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका पत्रपत्रिकामा कार्यरत छन् । 

पत्रकार महासंघका अध्यक्ष गिरीले एक लाख रुपैयाँ भुक्तानी दावीसहितको बीमा गरिदिएकोमा पूर्वमन्त्री खड्काप्रति आभार व्यक्त गर्नुभयो । अग्रपंक्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई कोरोना बीमाले हौसला मिलेको उहाँले बताउनुभयो । 

यसअघि पनि खड्काले पत्रकार महासंघलाई माक्स र स्यानिटाइजर उपलब्ध गराउनु भएको थियो । २५ पत्रकारको स्वाब परीक्षणमा पोजेटिभ देखिए महासंघले सिफारिस गरेको आधारमा बीमा कम्पनीले १ लाख रुपैयाँ भुक्तानी गर्नेछ । खड्काका तर्फबाट बिमालेख कांग्रेस नेता अनन्तकुमार गौलीले महासंघका अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नुभएको थियो ।  

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया