साउदीमा कुनै स्वास्थ्य समस्या भए सम्पर्क गर्न दूतावासको आग्रह

 जेठ ९, २०७७ शुक्रबार १०:५४:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीमा रहेका नेपालीलाई कुनै स्वास्थ्य समस्या भए सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

रूघाखोकी, ज्वरो तथा श्वासप्रश्वास सम्बन्धी उपचार गर्न साउदी सरकारले व्यवस्था गरेका निकायसँग धेरै नेपालीले सम्पर्क गर्न नसकेको भन्दै दूतावासले त्यस्ता समस्या भए सम्पर्क गर्न आग्रह गरेको हो ।

खाद्यान्नका अतिरिक्त केही नेपालीहरुलाई चिकित्सकको सल्लाह अनुसारको अत्यावश्यक औषधि तथा औषधिजन्य सामाग्रीहरु उपलव्ध गराइरहेको पनि दूतावासले जनाएको छ ।

रूघाखोकी, ज्वरो तथा श्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापकलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन र त्यहाँबाट समस्या समाधान नभएमा दूतावास र संघसंस्थामा सम्पर्क गर्न दूतावासको अनुरोध छ ।

खाद्यान्नको अभाव भएका नेपालीहरुले नेपाली दूतावास वा आफ्नो सम्पर्कमा रहेका संघसंस्थामा सम्पर्क गर्न दूतावासको आग्रह छ । 

यस्तै कोरोना संक्रमणका कारण विभिन्न समस्यमा परेका नेपालीहरुको विवरण संकलन गर्न दूतावासले जारी गरेको अनलाइन फारम भर्न नजानेको गुनासो बढेको भन्दै आफ्नो सम्पर्कमा रहेका नेपालीहरूलाई यो फारम भरेर सहयोग गरिदिन संघसंस्था तथा समाजसेवीसँग दूतावासले आग्रह गरेको छ ।

फारमका लागि https://forms.gle/QnLh2qifkHNXRh5w6 मा थिचेर मागेको विवरण भर्न सकिन्छ । यो फारम नेपाली दूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np मा गई Registration Form लेखिएकोमा थिचेर पनि भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा दूतावासका अनुसार इमेलबाट आफ्नो विवरण टिपाएकाहरुले यो फारम भर्नु पर्दैन ।

नेपाली राजदूतावासको रिसिप्सनको टेलिफोन नम्बर ०११४६१११०८ र हटलाइन नम्वर ०५५९३८९६०० मा  सधैंझैं सम्पर्क गरेर आफ्नो समस्या टिपाउन सकिने दूतवासले जनाएको छ । 

यस्तै मे २३ देखि २७ सम्मका लागि साउदी सरकारले जारी गरेको कर्फ्यु आदेशको अनिवार्य पालना गर्न पनि दूतावासको अनुरोध छ ।

 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया