एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने
पुस १९, २०८१ शुक्रबार
कैलाली – शुक्रबार दिउँसाे काेराेना सङ्क्रमण पुष्टि भएका २० जनामध्ये पाँच जना सुदूरपश्चिमका रहेकाे खुलेकाे छ । सुदूरपश्चिककाे कैलालीका तीन, बैतडीका एक र डडेलधुराका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेलधुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयाे ।
योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या १० पुगेको छ । सुदूरपश्चिम प्रदेशमा गएकाे चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला, कैलाली लम्की चुहा नगरपालिका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् । वैशाख १ गतेयता सुदूरपश्चिममा नयाँ सङ्क्रमित भेटिएका थिएनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।