गहुँ खेती गर्न रासायनिक मल अभाव
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – गैरआवासीय नेपाली संघ कतारले त्यहाँ समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न वितरण गर्ने भएको छ ।
अहिलेसम्म नेपाली दूतावास, गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुनसक्ने दोहोरोपन हटाउन त्यसको जिम्मा एनआरएनएलाई दिइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यस प्रक्रियामा दूतावासले संरक्षक र सहजकर्ताको भूमिका निभाउने गरी आजदेखि राहत कार्यक्रम नसकिंदासम्म वितरणको सम्पूर्ण जिम्मा एनआरएनएलाई दिएको हो । यसले राहत वितरण प्रक्रियालाई एकीकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यस्तै कतारमा रहेका नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामाग्रीको लागि गैह्रआवासीय नेपाली संघ कतारलाई सहयोग गरिदिन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिन पनि दूतावासले आग्रह गरेको छ ।
राहत खाद्य सामाग्री भण्डारणका लागि दूतावासले आवश्यक सहयोग गर्नेछ । दूतावासका अनुसार राहत सामाग्री वितरणका लागि समन्वय गर्न दूतावासकोतर्फबाट एकजना प्रतिनिधिलाई समावेश गरिनेछ ।
यस्तै एनआरएनए कतारले राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्नेछ । यसैगरी राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा उनीहरुलाई परेको समस्याको जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउने पनि दूतावासले जनाएको छ ।
संकटको बेला राहत खाद्य सामग्री आवश्यक पर्ने कतारमा रहेका नेपालीहरूलाई गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को फोन नम्बर ७४४४९५९२, ५०१२९९००, ७०९०९७२२ र इमेलः [email protected] मा सम्पर्क गर्न दूतावासको अनुरोध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।