विश्वमा ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण, ब्राजिल धेरै सङ्क्रमित हुने देशहरुको दोस्रो स्थानमा

 जेठ १०, २०७७ शनिबार ८:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा ५३ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनालाई सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा धेरै उपचार पछि निको भएका छन् भने ३ लाख ३९  हजार ९ सय ९२ जनाको ज्यान गएको छ ।

अमेरिकामा सबैभन्दा धेरै १६ लाख ४५ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ९७ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ ।

ब्राजिल धेरै सङ्क्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया