च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - जर्मन बुन्डेसलिगा फुटबलमा लिग लिडर बायर्न म्युनिखले सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले फ्रांकफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै बायर्न म्युनिखले तालिकामा फेरि ४ अंकको अग्रता लिन सफल भएको छ । म्युनिखको ६१ अंक भएको छ भने दोस्रो स्थानमा रहेकाे बाेरसिया डर्टमण्डको ५७ अंक रहेको छ ।
घरेलु मैदानमा म्युनिखले १७ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि लियोन गोरेट्ज्काले गोल गर्दै अग्रता दिलाएका हुन् । ४१ औं मिनेटमा थोमस मुलरले गोल गरेपछि पहिलो हाफमा म्युनिखले २–० को अग्रता लिएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्न म्युनिखले अग्रता ३–० बनाएको थियो । फ्रांकफर्टका लागि मार्टिन हिन्टेरेगरले लगातार २ गोल गर्दै अग्रता ३–२ मा ल्याएका थिए ।
उनले ५२ औं र ५५ औं मिनेटमा गोल गरेपछि फ्रांकफर्ट खेलमा फर्कन प्रयास गरेको थियो । अल्फाेन्सो डेभिसले ६१ औं मिनेटमा गोल गरेपछि बायर्नले ४–२ गोलको अग्रता बनायो । फ्रांकफर्टका लागि २ गोल गरेका हिन्टेरेगरले आत्मघाती गोल गरेपछि बायर्न अन्तमा ५–२ गोलले विजयी हुँदै स्पष्ट तीन अंक जोड्न सफल भयाे ।
कोरोना भाइरसको महामारीका बीच जर्मनमा बुन्डेसलिगा शुरु भएको हो । बुन्डेसलिगाका खेलहरु दर्शकविहीन रंगशालामा सञ्चालन भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।