रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा साेमबार पीसीआर परीक्षण ल्याब स्थापना गरिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाकी निर्देशक डाक्टर रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गर्नुभयो । नेपालमा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाेले परीक्षणको दायरा बढाउन पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएकाे हाे ।
अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर ल्याब परिचालन गरिने उहाँले बाउनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको बताउनुभयो । अहिले पूर्ण क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उहाँले बताउनुभयो ।
योसँगै देशभरि पीसीआर परीक्षणकाे लागि १७ वटा ल्याब सञ्चालनमा आएका छन् । सङ्क्रमितको सङ्ख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ ।
त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरि रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि तीन वटै तहका सरकारसँग आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।