कम्बोडियामा एमालेका नेता जाँदा कुप्रचार गरियो : महासचिव पोखरेल
मंसिर ७, २०८१ शुक्रबार
मकवानपुर - मकवानपुरमा मंगलबार अपरान्ह आएको हावाहुरीले रुख ढल्दा २ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्बर५ऽ चैनपुरकी ५० वर्षीया वीरमाया प्रजा र वडा नम्बर-३, पलासेका ६ वर्षीय बालक आयुष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयाे ।
रुख ढल्दा प्रजाको घटनास्थलमै र मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको निरीक्षक पाठकले बताउनुभयाे । घटनामा घाइते भएका राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय शम्भु सुनार र २८ वर्षीय मनिकलाल बलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण मकवानपुरका विभिन्न क्षेत्रमा घरको छाना उडाएको छ, विद्युतका पोल ढलेका छन् भने तरकारी खेतीका लागि बनाइएका टनेलमा क्षति पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।