पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - नेपालमा आज एकै दिन १ सय १४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८ सय ८६ पुगेका छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमामा गरिएको परीक्षणमा ११ जना सङ्क्रमित भेटिएका छन् ।
जसमध्य ८ जना सप्तरीको बोदेबसाईन नगरपालिकाका छन् । सप्तरीकै बालनविहुलका २ जना र सप्तरीकै सुरुङाका एक पुरुष छन् । यस्तै कोसी अस्पतलामा गरिएको परीक्षणमा १७ जना सङ्क्रमित भेटिएका छन् ।
जसमा झापाको गौरादहका २ जना, झापाकै कचनकवलका १५ जना रहेका छन् । यस्तै हेटौडाको किटजन्य प्रयोगशाला केन्द्रमा भएको परीक्षणमा ८ जना सङ्क्रमित भेटिएका छन् ।
जस्मा हेटौडा उपमहानगरपालिकाका १ जना, रौतहतको गढिमाइ नगरपालिकाका ७ जना रहेका छन् । पोखराको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा वाग्लुङको तमानखोलाका ४ जना र वडिगाडका २ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उनीहरुमध्य रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाका ३ जना, दाङको घोराहीका ७ जना र दाङकै लमहीका ८ जना रहेका छन् । यस्तै भेरी अस्पतालमा गरिएको परिक्षमा थप १६ जना भेटिएका छन् ।
जसमध्ये बाँके डडुवाका २, राप्ती सोनारीका ७ जना, बाँकेकै बैजनाथका ६ जना र खजुरा गाउँपालिका १ जना रहेका छन् । यस्तै राष्ट्रियजनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परीक्षणमा ३८ जना सङ्क्रमित भेटिएका छन् ।
जसमध्ये सिरहा सिद्धिचरणका १ जना, सिरहाको रुपनी घर भइ सप्तरीमा रहेका १ जना, बारा पर्चौता नगरपालिकाका ७ जना, रौतहट घर भइ बाराको पर्चौतामा बस्ने एक जना, रौतहट गौरका ८ जना, रौतहटकै देवाहीगुनाही नगरपालिकाका २ जना र रौतहटकै कटहरिया नगरपालिकाका २ जना, रौतहटकै श्री जनता मावीमा भएको परीक्षणमा १४ जना र मदरसामा भएको परीक्षणमा २ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै १ सय ८३ जना डिस्चार्ज भएका छन् । आज मात्रै थप २८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । जसमध्य नारायणी अस्पतालबाट २१ जना जस्मा डेढदेखि ६२ वर्षसम्मका नागरिक छन् कोसी अस्पतालबाट उदयपुरका ४ जना र शुसिल कोइराला प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।