पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ ।
कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षका एक पुरुषको ज्यान गएको हो । उहाँको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले उहाँको रिपोर्ट कोरोना पोजेटिभ आएको उज्यालोलाई जानकारी दिनुभयो ।
तर यस बारे स्वास्थ्य मन्त्रालयले भने औपचारिक पुष्टि गर्न बाँकी छ । कोरोना पोजेटिभ रिपोर्ट आएपछि किस्ट अस्पताललाई उच्च निगरानीमा राखिएको छ ।
उहाँलाई ११ गते अल्कोहलिक लिभर डिजिज भएपछि उपचारको लागि पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको नभएपछि किस्टमा रिफर गरिएको थियो । उपचारकै क्रममा उहाँको बुधबार निधन भएको हो ।
यो सँगै नेपालमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ ।
यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना सङ्क्रमणका कारण चारजनाको ज्यान गएको थियो । नेपालमा अहिलेसम्म ८ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ सय ८३ जना उपचारपछि निको भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।