एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने
पुस १९, २०८१ शुक्रबार
कैलाली – सुदूरपश्चिम प्रदेशका सात जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
कैलालीमा पहिलो सङ्क्रमित भेटिएसँगै आजसम्म दार्चुलासहित प्रदेशका सात जिल्लामा कोरोना सङ्क्रमित भेटिएका हुन् । डोटी र बाजुरामा कोही पनि सङ्क्रमित भेटिएका छैनन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कैलाली कञ्चनपुर, डडेल्धुरा, अछाम, बैतडी, बझाङ र दार्चुलामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
कैलालीमा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् भने कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा सबैभन्दा कम एक/एक जनामा सङ्क्रमित भेटिएका छन् ।प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा पाँच, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छ ।
बझाङमा पनि एक जना सङ्क्रमित भेटिएका छन् । उनको सुर्खेतको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । सुदूरपश्चिममा आज मात्रै थप तीन जनामा कोरोना पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एक जना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो । कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयाे ।
नयाँ सङ्क्रमित तीनै जना भारतबाट आएको खुलेको छ । कैलालीका दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका सङ्क्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएको खुलेको हो ।
१३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीया बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो ।
अछामकी सङ्क्रमित बालिका जेठ ८ गते आफ्ना बुवासँगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन् । उनका बुवामा पनि आइतबार कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । उनको सेती अस्पतालमा उपचार भइरहेको छ ।
कैलालीका सङ्क्रमित पनि भारतबाट आएको खुलेको थियो । सुदूरपश्चिम प्रदेशमा गएकाे चैत १४ गते पहिलो कोरोना सङ्क्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी यूएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।
लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए । वैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्बर १ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनी पूर्वी नेपालबाट सुदूरपश्चिम आएकी थिइन् ।
वैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना सङ्क्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन् । त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ सङ्क्रमित फेला परेनन् ।
जेठ ९ गते एकैदिन सुदूरपश्चिमका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो ।
कैलालीका तीन जना सङ्क्रमितमध्ये एक जना भारतबाट लुकीछिपी आएका थिए भने बैतडीका सङ्क्रमित पनि सङ्क्रमण पुष्टि हुनुभन्दा ६५ दिन अगाडि भारतबाट फर्किएका थिए ।
अन्य तीन जनाको भने आन्तरिक ट्राभल हिस्ट्री मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसपछि जेठ १० गते थप चार जनामा कोरोना पुष्टि भयो । बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २०, २२ र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए ।
जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भयो । उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए । सुर्खेतको प्रयोगशालामा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेकोमा एक जना सुदूरपश्चिमको बझाङका रहेका छन् ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरिएकामध्ये सुदूरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।