रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाण्डाै – लोक सेवा आयोगले विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीको अन्तवार्तामा सहभागी हुन कोरोना भाइरसको पीसीआर विधिमार्फत गरिएको परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ ।
आयोगले सूचना निकालेर विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा त्यो सरह (अप्राविधिक/प्राविधिक) विभिन्न पदका लागि अन्तर्वार्ता दिन पीसीआरमार्फत परीक्षणको सक्कल रिपोर्ट अनिवार्य बुझाउन भनेको हो ।
लकडाउनकाे बेला काम विशेषले काठमाण्डाै उपत्यकाबाहिर गएका वा उपत्यकाबाहिर कार्यरत उम्मेदवारले अन्तारवार्ता अगावै आफ्नो स्वास्थ्यको परीक्षण रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन आग्रह गरिएको छ ।
आयोगको सूचनामा स्वास्थ्य परीक्षणमा कुनै अप्ठ्यारो भए आयोगले सहजीकरणसमेत गरिदिने उल्लेख गरिएको छ । लोक सेवा आयोगले असार २ गतेदेखि विभिन्न समूहको सहसचिव पदकाे लागि अन्तर्वाता लिँदै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।