रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा मङ्गलबार थप दुई सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पछिल्लो परीक्षणमा दुई सय ७० पुरुष र १८ जना महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा सङ्क्रमण पाइएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका पाँच र स्याङ्जाका पाँच गरी १० जनामा सङ्क्रमण भेटिएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ देखिएकाे छ । बाँकेका १७ जना र बर्दियाका तीन जनामा सङ्क्रमण पाइएको हो ।
त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितहरु सुर्खेतका २७ जना, दैलेखका नाै जना, सल्यानका १८ जना र अछामका १० जना रहेका छन् । हेटौँडामा गरिएको परीक्षणमा बाराका एक जनामा पोजेटिभ आएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १७ जनामा सङ्क्रमण पाइएको छ । एक जना प्यूठानका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
सेती अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण भेटिएको छ । सङक्रमितमध्ये कञ्चनपुरका आठ जना र कैलालीका १० जना छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक सय १८ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।