‘क्यान इन्फोटेक’ को ३० औं संस्करण माघ २४ देखि काठमाण्डौमा हुने
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - सरकारले जेठ २५ गतेसम्म कर तिर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसले विराेध जनाएको छ ।
संसदीय दलका नेता बालकृष्ण खाँडले विज्ञप्तिमार्फत कोरोनाको महामारीका बीचमा लकडाउन जारी रहँदा सरकारले कर तिर्न ताकेता गर्नु अत्यन्तै आपत्तिजनक निर्णय भएको बताउनुभएको छ ।
देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प रहेको र व्यवसाय, बैंक, वित्तीय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाइ भइरहेको बेला सरकारले २५ गतेभित्र कर तिर्न लगाउनु अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा भएको कांग्रेसको ठहर छ ।
आमनागरिकलाई पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएकाले २५ गतेसम्म कर तिर्न प्रकाशित सूचना सच्याउन कांग्रेसले माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।