नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - अमेरिकाले चीनका यात्रुवाहक जहाजलाई प्रवेशमा रोक लगाउने भएकोछ ।
दुई देशबीच तनाव बढ्दै जाँदा ह्वाइटहाउसले जुन १६ तारिखदेखि चीनका यात्रुवाहक जहाजलाई अमेरिका प्रवेशमा रोक लगाउने जनाएको छ ।
चीन र अमेरिकाले समान हिसाबमा एक अर्काका देशमा जहाजलाई उडाउने अनुमति दिनुपर्नेमा चीनले अमेरिकी जहाजको उडान रोकेको अमेरिकी ट्रान्सपोर्ट विभागले आरोप लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ
। तर हङकङको विषयलाई लिएर पछिल्लो समय दुई देशबीच तनाव भएकाले अमेरिकाले चीनका जहाजलाई प्रतिबन्ध लगाएको हुन सक्ने आकलन गरिएको रोयटर्सले जनाएको छ ।
अमेरिकामा हाल चीनका एअर चाइना, चाइना इस्टर्न, चाइना साउर्दन, हेनान एअर, सिचुवान एअर र सियामेन एअरलाइन्सले उडान गरिरहेका छन् । तर यी जहाजलाई जुन १६ देखि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा छ ।
अमेरिकाको डेल्टा, युनाइटेड एअरलाइन्स लगायतका एअरलाइन्सले चीनमा उडान अनुमति माग्दा पनि महामारीलाई कारण देखाएर चीनले यात्रु उडानमा रोक लगाउँदै आएको छ । चीनले गएको मार्च १२ तारिखदेखि अमेरिकी यात्रुवाहक जहाजलाई रोक लगाएको छ ।
चीनका जति जहाजले अमेरिकामा उडान गर्छन, त्यति नै संख्यामा अमेरिकाका जहाजले चीनमा उडान गर्न पाउनुपर्ने यूएस ट्रान्पोर्ट विभागले जनाएको छ । अमेरिकाको यो निर्णयलाई डेल्टा एअरले पनि समर्थन गरेको छ ।
‘चीनले हामीकहाँ जति उडान गर्छ, हामीलाई पनि त्यति नै उडानको अनुमति दिएमा यो प्रतिबन्ध फुकुवा हुनेछ’ऽ ट्रान्सपोर्ट विभागका एक अधिकारीले भनेका छन् ।
अहिले चीनमा कार्गो उडान मात्रै गरिरहेको डेल्टा एअरले चीनमा दैनिक २ वटा उडानको अनुमति मागेको छ । यूनाइटेड एअरलाइन्सले सान फ्रान्सिस्कोदेखि बेइजिङ र न्युयोर्क–सांघाइ उडानको अनुमति मागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।