रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाण्डौ - लकडाउन जारी नै रहेको समयमा व्यापारीहरुले एकतर्फी रुपमा पसल सञ्चालन गर्न थालेपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीले व्यवसायीका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
जेठ ३२ सम्मका लागि सरकारले लकडाउन गरिरहेकै समयमा धमाधम बजार पसल खुल्न थालेपछि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले बिहीबार व्यापारीहरुसँग संयुक्त रुपमा छलफल गरेका हुन् ।
जिल्ला समन्वय समिति काठमाण्डौमा बिहीबार भएको संयुक्त छलफलले सामाजिक दूरीसहितको स्वास्थ्य सर्तकता कायम गरी बजार पसल सञ्चालन गर्ने अवस्था श्रृजना गराउने ढङ्गले लकडाउनलाई समन्वय गर्ने सम्बन्धमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
छलफलको निष्कर्षसहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरी लागू गर्न कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाइने बताउनुभयो ।
छलफलमा व्यवसायीहरुले बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म उद्योग तथा बजार पसल सञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए ।
उनीहरुले दिन बिराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् । शिक्षण संस्थान, धार्मिक स्थल,कुरियर, सरकारी कार्यालय, निजी संघ संस्था, उद्योग, निर्माणसम्बन्धी कामको साथै सामाजिक दूरीसहितको सिट व्यवस्थापन गरी जिल्लाभित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् ।
लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सतर्कताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभइ जीवन यापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबार राजधानीका सबै प्रकारका पसल खुलेपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउँदै व्यवसायीलाई छलफलमा बोलाएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।