सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । बिहीबारमात्रै तीन सय ३४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने एक जनाको ज्यान गएको पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ६ सय ३४ पुगेको छ । दुई सय ९० जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने १० जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै प्रदेश २ मा
भारतसँग सीमा जोडिएका जिल्लामा सङ्क्रमण बढी देखिएको छ । प्रदेश २ मा मात्रै नाै सय ६३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै प्रदेश ५ मा आठ सय ९८, कर्णाली प्रदेशमा तीन सय ८३, प्रदेश १ मा एक सय ९७, सुदूरपश्चिम प्रदेशमा ८१, वाग्मती प्रदेशमा ५९ र गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित छन् ।
२१ देखि ३० वर्ष उमेरका धेरै
सङ्क्रमितमध्ये धेरै युवा उमेरका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जम्मा सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका एक हजार १९ र ३१ देखि ४० वर्ष उमेर समूहका पाँच सय ७७ जना छन् ।
त्यस्तै ८० वर्षभन्दा माथिका एक जनामात्रै सङ्क्रमित छन् । १० वर्षसम्मका ६५ जना, १० देखि २० वर्ष उमेर समूहका ६ सय ४६ जना, ४१ देखि ५० वर्ष उमेर समूहका दुई सय २३ जना, ५१ देखि ६० वर्ष उमेर समूहका ७२ जना, ६१ देखि ७० वर्ष उमेर समूहका २३ जना र ७१ देखि ८० वर्ष उमेर समूहका आठ जना सङ्क्रमित छन् ।
जम्मा सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या दुई हजार चार सय ५० र महिलाको सङ्ख्या एक सय ८४ मात्रै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।