धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - यूएईबाट नेपाली लिएर आएको एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१ जहाज काठमाण्डौ विमानस्थलमा ओर्लिएको छ । जहाजमा एकसय ६८ जना यात्रु रहेका विमानस्थल कार्यालयले जनाएको छ । कोरोनाको कारण समस्यामा परेका नेपालीलाई यूएई सरकारले जहाज चार्टड गरेर नेपाल पठाएको हो।
नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ । त्यसैले दूतावासकाे सूचीभन्दा बाहेकका नेपाली जहाजमा फर्किएका छन् ।
इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल फर्किएकाे भनिए पनि विमानस्थलले भने एकसय ६८ जना यात्रु रहेकाे जनाएकाे छ ।
सरकारले विदेशबाट ल्याउने नेपालीको साथमा अनिवार्य कोरोना परीक्षणको रिपोर्ट हुनुपर्ने भने पनि यूएईबाट आएका नेपालीको कोरोना परीक्षण भएको छैन । उनीहरुलाई विमानस्थलबाट होल्डिङ सेन्टर राखेर स्वास्थ्य जाँच गरिनेछ । त्यसपछि मात्र उनीहरु जिल्ला सदरमुकामको क्वरेण्टीनमा बस्नेछन् । यसअघि शुक्रबार नै म्यानमारबाट पनि २६ जना नेपाली स्वदेश फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।