सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो : तोलाको ८७ हजार ४ सय

 जेठ २५, २०७७ आइतबार १३:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।

 चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो । 

तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो । 

यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला महङ्गो भएको छ । जेठ १५ मा सार्वजनिक भएको बजेट अनुसार १० ग्राम सुनमा दुई हजार रुपैयाँ  रुपैयाँ भन्सार बढेको छ । 

अमेरिकी डलरमा आएको उछाल र सरकारले बढाएको भन्सारले सुनको भाउ एक लाख रुपैयाँ प्रतितोला पुग्ने अनुमान छ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया