खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७० लाख नाघेको छ । अहिलेसम्म ७० लाख चार हजार आठ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ ।
यस्तै विश्वमा कोरोनाकाे कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ भने ३४ लाख २६ हजार एक सय ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै सङ्क्रमित भएको देशको पहिलो सूचीमा रहेको अमेरिकामा अहिलेसम्म झण्डै २० लाख जना सङ्क्रमित भएका छन् । त्यहाँ कोरोनाकाे कारण एक लाख १२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ ।
यस्तै ब्राजिलमा ६ लाख ७६ हजारभन्दा धेरै संक्रमित छन् । ब्राजिलमा ३६ हजार ४४ जनाको ज्यान गएको छ । यस्तै भारतमा झण्डै साढे दुई लाख जनामा सङ्क्रमण पुष्टी भएको छ । हरेक दिन सङ्क्रमित बढिरहेको भारतमा ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९ सय ५४ छ ।
अहिलेसम्म विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा काेराेना सङ्क्रमण देखिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।