उच्चस्तरीय समिति बैठक : लकडाउनकाे स्वरुप परिवर्तनबारे निर्णय हुन सकेन

 जेठ २६, २०७७ सोमबार ७:८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले जारी गरेको लकडाउनको नागरिकबाट स्वतः उल्लङ्घन भइरहेका बेला लकडाउनको स्वरुप परिवर्तनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आईतबार पनि निर्णयमा पुग्न सकेन । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति अबेरसम्म बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदा टुंग्याउन नसकेको हो ।

विगत केही दिनदेखि निजी क्षेत्र,व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसंगको छलफल पछि तयार पारेको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले ठोस निर्णय गर्न सकेन ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तयार भइरहेको कार्ययोजनाको मस्यौदामा आज पनि घनीभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरी आजको बैठक सम्पन्न भएको छ । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् । यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरी मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी  पुन पेश गर्ने गरि बैठक सम्पन्न भएको छ ।’

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया