'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - लकडाउनका कारण सुस्ताएको वैदेशिक व्यापार फेरि बढ्न थालेको छ ।
चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ५० देखि ६० करोड रुपैयाँको मात्रै वस्तु आयात हुने गरेकोमा पछिल्लो समय दैनिक ३ अर्ब रुपैयाँको वस्तु आयात हुन थालेको छ ।
यसले वैदेशिक व्यापार सामान्य अवस्थातर्फ गइरहेको देखाएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिनुभयो । सामान्य अवस्थामा देशभरका भन्सारबाट दैनिक ५ अर्ब रुपैयाँको आयात हुने गरेको छ । अहिले औसतमा दैनिक ३ अर्ब रुपैयाँको आयात भइरहेको र यो पहिलेको तुलनामा ६० प्रतिशतको हिस्सा भएको पनि भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताउनुभयो ।
चैत ११ गतेयता देशमा १ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात आयात भएको छ । जसमध्ये ठुलो हिस्साा खाद्यान्न र औषधी तथा कच्चा पदार्थको रहेको छ ।
चैत ११ गते यता ४ अर्ब ५३ करोड ३२ लाख रुपैयाँको खाद्यान्न, तरकारी, दलहन र फलफुल भित्रिएको छ । १ करोड १४ लाख रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको छ ।
लकडाउनको ७२ दिनसम्म २ लाख ४२ हजार ८ सय २० मेट्रिक टन खाद्यान्न, ६८ हजार १ सय ९३ मेट्रिक टन दलहन, ८६ हजार २ सय ९४ मेट्रिक टन तरकारी र ३४ हजार ६ सय ९५ टन फलफुल आयात भएको छ । १२ हजार २ सय ५७ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।
चैत ११ गतेयता १ अर्ब ७ करोड रुपैयाँको औषधीको कच्चा पदार्थ भित्रिएको छ भने ४ अर्ब ६ करोड रुपैयाँको तयारी औषधी आयात भएको छ । यस्तै १३ करोड ९७ लाख रुपैयाँको डिजल, ६ करोड १ लाख रुपैयाँको पेट्रोल, ८ करोड २७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।
राजश्व संकलन पनि बढ्न थाल्यो
आयात बढेसँगै राजश्व संकलन पनि बढ्न थालेकोछ । लकडाउनका सुरुका केही हप्तामा १५ देखि २० करोड रुपैयाँ मात्रै राजश्व संकलन हुने गरेकोमा अहिले दैनिक ६० करोड रुपैयाँ हाराहारीमा राजश्व संकलन भइरहेको छ ।
सामान्य अवस्थामा दैनिक १ अर्ब रुपैयाँ राजश्व संकलन हुने गरेको थियो । राजश्व संकलन पनि सामान्य अवस्थाको तुलनामा ६० प्रतिशतको हाराहारीमा संकलन भइरहेको भन्सार विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।