यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकार सबै नागरिकमा न्यायको पहुँच पुर्याउन लागिपरेकाे बताउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री तुम्बाहाङ्फेले सबैलाई न्यायको प्रत्याभूति गराउनेतर्फ सरकार सचेत रहेको बताउनुभयो । उहाँले मोबाइल एपको माध्यमबाट हातहातमा कानुनको जानकारी पुर्याउने किसिमको व्यवस्था मिलाउनेतर्फ मन्त्रालय लागिरहेको बताउनुभयो ।
न्यायमा समान पहुँचका लागि आवश्यक कार्यक्रमहरु प्रस्तावित गरिएको भन्दै उहाँले एकीकृत कानुनी सहायता नीति कार्यान्वनसँगै कानुनी सचेतना अभियानलाई आउँदो वर्ष प्रभावकारी ढङ्गले अघि बढाइने बताउनुभयो ।
उहाँले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐनको नियमावलीबारे कृषि तथा पशुपंक्षी मन्त्रालयले आफ्नो काम गरिसकेको र खुलेपछि प्रदेश र पालिकासँग छलफल गरेर अन्तिम टुङ्गो लगाइने स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।