अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री प...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - नेपाल एअरलाइन्सले अस्ट्रेलियाको क्यानबेरामा ऐतिहासिक उडान भरेको छ ।
गएको चैत र वैशाखमा अस्ट्रेलियाको सिड्नी र ब्रिसबेनको उडान भरेको नेपाल एअरलाइन्सको वाइडबडी जहाजले सोमबार क्यानबेराको उडान भरेको हो । काठमाण्डौ-क्यानबेरा नेपाल एअरलाइन्सको पहिलो उडान हो ।
लकडाउनको कारण नेपालमा रोकिएका अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका नेपाली मूलका अस्ट्रेलियाली नागरिकसहित २ सय ७२ जना यात्रु बोकेर नेपाल एअरलाइन्सको वाइडबडी क्यानबेरा उडेको हो । जहाजमा २४ जना चालक दलका सदस्य थिए ।
जहाज नेपालमा रहेको अस्ट्रेलियाली दूतावासले चार्टर्ड गरेको हो । जहाज मलेसियाको क्वालालाम्पुरलाई ट्रान्जिट बनाएर क्यानबेरा पुग्नेछ । नेपाल एअरलाइन्सले यसअघि वैशाख २४ गते अस्ट्रेलियाको सिड्नीमा र चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो ।
नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन । यस्तो बेलामा अष्ट्रेलियाका ३ वटा सहरमा चार्टर्ड उडान भरेको नेपाल एअरलाइन्सलाई नियमित उडानको लागि छलफल गर्न थप सहज भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।