खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतमा लकडाउन खुकुलो पारिएसँगै कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको दर बढ्न थालेको छ ।
गएको २४ घण्टामा ९ हजार ९ सय ९६ जनामा कोरोना भेटिएको छ भने ३ सय ५७ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्म कै धेरै हो । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाको संख्या २ लाख ८६ हजार नाघेको छ भने ज्यान गुमाउनेको संख्या पनि ८ हजार भन्दा धेरै भएको त्यहाँको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा धेरै प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै ९४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भैसकेको छ ।
यसैबीच विश्वका विभिन्न देशमा गरी आजमात्रै साढे १३ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् । ९ सय ११ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै मेक्सिकोमा ७ सय ८ जनाको ज्यान गएको छ भने पाकिस्तानमा साढे ५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणको उद्गम देश चीनमा ११ जना नयाँ बिरामी थपिएका छन् । यो सँगै विश्वभर सङ्क्रमितको संख्या ७४ लाख ५९ हजार नाघेको छ । ३७ लाख ७८ हजार ५ सय ९४ जना निको भएका छन् भने ४ लाख १९ हजारभन्दा धेरैको ज्यान गएको छ ।
सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २० लाख ६६ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने १ लाख १५ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।