भ्रष्टाचारीबाहेक कोही जन्मिँदैनन् भन्ने भ्रम पैदा गर्न खोजियो : प्रधानमन्त्री ओली

 असार ४, २०७७ बिहीबार १५:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा भ्रष्टाचार भयो भनेर सरकारलाई अप्ठेराेमा पार्ने काम भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभामा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई आक्रमण गर्ने उद्देश्यले नै हुँदै नभएका विषयमा हल्ला चलाइएको दाबी गर्नुभयो । उहाँले कारोना महामारीको अप्ठेराे अवस्थामा काम गरिरहेका निकाय र व्यक्तिको प्रशंसा गर्नुको साटो भ्रष्टाचारको आरोप लगाएर निरुत्साहित पार्न खोजिएको बताउनुभयो ।

देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्नन् र पदमा पुगेका सबै भ्रष्ट छन् भन्ने नियत त्याग्न उहाँले आग्रह गर्नुभयो ।  कोरोना नियन्त्रणमा भएको १० अर्ब रुपैयाँको मोटामोटी खर्च सार्वजनिक भएको र सानो खर्च पछि सम्बन्धित निकायले सार्वजनिक गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

कोरोनासँग लड्ने बेलामा केही व्यक्ति र संस्थाले हिसाब खोज्दै बसेकोमा आश्चर्य व्यक्त गर्दै प्रधानमन्त्रीले एक/एक पैसाको हिसाब किताब हुने बताउनुभयो । कोरोना नियन्त्रणको नाममा कतै अनियमितता भएको भेटिएमा नछाड्ने उहाँले चेतावनी दिनुभयो ।

महामारीलाई अवसरको रुपमा लिन खोज्नेहरुलाई सरकारले नछाड्ने प्रधानमन्त्रीको दाबी छ । सडकमा भइरहेको आन्दोलनलाई प्रधानमन्त्रीले औचित्यविहीन आन्दोलनको संज्ञा दिनुभएको छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया